Wednesday, June 5, 2024

रघु गाउँमा प्रयोगात्मक चलचित्र निर्माण कार्यशाला सम्पन्न



तनहुँ, मगर चलचित्रकर्मी संघको ५ दिने प्रयोगात्मक चलचित्र निर्माण कार्यशाला कार्यक्रम बाट ६ वटा लघुचलचित्र निर्माण सम्पन्न भएको छ । चलचित्र विकास बोर्डको आर्थिक सहयोग र आदिवासी जनजाति चलचित्र महासंघको सहकार्यमा ५ दिने चलचित्र निर्माण प्रयोगशाला कार्यक्रमको उद्घाटन आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष पुर्खाजित राईको प्रमुख आतिथ्य, भिमाद नगरपालिका वडा नं। २ रघुगाउँका अध्यक्ष दिनेश थापा मगरको विशेष आतिथ्यमा चलचित्र विकास बोर्ड अन्तर्गत मातृभाषी चलचित्र प्रबर्द्धन समितिका सदस्य सगीना सुनुवार, होमस्टे अध्यक्ष रुमबहादुर थापा मगर, मगर चलचित्रकर्मी संघका निवर्तमान अध्यक्ष तथा उपाध्यक्ष युवराज मास्की राना मगर र मेजन पुनको आतिथ्यमा ५ दिन सम्म निर्माण प्रयोगात्मक कार्यशाला तनहुँको रघु गाउँमा भएको थियो ।



आदिवासी जनजाति महासंघमा आवद्ध भएका जातीय चलचित्रकर्मी संघहरुलाई पनि प्रतिनिधिको लागि आव्हान गरिएकोमा बाराबाट खगेन्द्र थामी, चितवनबाट नेत्र गुरुङको सहभागी रह्यो भने कुमालबाट छबिलाल कुमाल पनि सहभागीता रहेको थियो ।

२५ जना सहभागीहरु मध्येबाट छनोट भएका ६ वटा कथालाई स्क्रिप्ट बनाएर रघु गाउँको विभिन्न ठाउँमा सहभागीहरुले चलचित्र निर्माण गरेका थिए । रघु गाउँ विश्वयुद्धका योद्धा भिसी नेत्रबहादुर थापा मगरको गाउँ हो । तिनै वडाको एउटै गाउँ भएको यस वडामा होमस्टे संचालनमा रहेको छ । सोही रघु गाउँ होमस्टेमा बसेर चलचित्रकर्मीहरुले स्थानिय कलाकारहरु सहित चलचित्र निर्माण गरेका थिए । कार्यक्रम मगर चलचित्रकर्मी संघका अध्यक्ष भीम रानामगरको अध्यक्षतामा सम्पन्न भएका थियो ।



No comments:

Post a Comment

तमु प्ये ल्हु संघ केन्द्रिय युवा समिति ३० औं साधारण सभा - २०८१

चितवन र तमु प्ये ल्हु संघ जिल्ला कार्य समिति चितवनले बिहीबार २१औं वार्षिकोत्सव मनाएको छ ।